Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजीसहित ५९९ जना प्रहरी विभागीय कारबाहीमा

डीआईजीसहित ५९९ जना प्रहरी विभागीय कारबाहीमा

बुधवार , पौष २३, २०८२

काठमाडौं । सामाजिक सञ्जालमा अमर्यादित पोस्ट गर्ने ५९९ प्रहरी कारबाहीमा परेका छन् ।

नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिविपरीत आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका सामाजिक सञ्जालमा अमर्यादित सामग्री पोस्ट गर्ने, प्रहरी पोसाक दुरुपयोग गर्ने ५९९ जना प्रहरी कारबाहीमा परेका हुन् ।

जसमा प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मका कर्मचारी रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार कारवाही सूचीमा एक जना प्रहरी नायब महानिरीक्षक (डिआइजी), एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), ५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) रहेका छन् ।

यस्तै ११ जना प्रहरी वरिष्ठ नायब निरीक्षक अर्थात् वरिष्ठ सई, २४ जना प्रहरी नायब निरीक्षक (सई), ५१ जना प्रहरी सहायक निरीक्षक (असई), ७ जना प्रहरी वरिष्ठ हवल्दार, ३५ जना प्रहरी हवल्दार, ७६ जना सहायक हवल्दार, ३ सय ५८ जना प्रहरी जवान तथा २ जना प्रहरी कार्यालय सहयोगी रहेका छन् ।

उनीहरूलाई चेतावनीसहित बढुवा रोक्कासम्मको विभागीय कारबाही गरिएको प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077