Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३१ जना चालकको सवारी लाइसेन्स ६ महिनाका लागि निलम्बन, ट्राफिक प्रहरीले यातायात विभागमा पठायो पत्र

३१ जना चालकको सवारी लाइसेन्स ६ महिनाका लागि निलम्बन, ट्राफिक प्रहरीले यातायात विभागमा पठायो पत्र

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारी लाइसेन्स निलम्बनका लागि सिफारिसमा गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाएपछि ३१ जना चालकको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरेको हो।

यद्यपी कस-कसको भन्ने खुलाइएको छैन् ।

आज कार्यालयमा आयोजित पत्रकार सम्म्लनमा बोल्दै उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले पटक-पटक कारबाहीमा पर्दा पनि गल्ती दोहोर्‍याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई सिफारिस गरिएको जानकारी दिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ। 

लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्।

यस प्रकारको कारबाहीले उपत्यकामा ट्राफिक नियम पालनामा सुधार ल्याउने तथा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077