काठमाडौं। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरूबाट हराएका सवारीसाधन फेला पारेर धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले बिहीबार एक कार्यक्रम गर्दै धनीलाई हस्तान्तरण गरेको हो ।
उपत्यकाका विभिन्न ठाउँहरूबाट विभिन्न मितिमा हराएका तथा चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षमा १ हजार ५३१ जनाले चोरी भएको भन्दै ट्राफिक प्रहरीमा निवेदन दिएका थिए।
कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा ५२ वटा दुई पांग्रे सावरी साधन फेला पारि स्कुटर र मोटरसाइकल धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ३३९ थान स्कुटर,मोटरसाइकल फेला पारी धनीलाई बुझाएका छन् ।