Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ट्रम्पको दाबी - इरान युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर भइसक्यो

ट्रम्पको दाबी - इरान युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर भइसक्यो

मंगलवार , आषाढ २, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौता पूर्ण रूपमा हस्ताक्षर भइसकेको दाबी गरेका छन् ।

जी-७ समिटमा भाग लिन फ्रान्स पुगेका राष्ट्रपति ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमैनुएल मैक्रोंसँगको कुराकानीका क्रममा सो दाबी गरेका हुन् । ट्रम्पका अनुसार यो सम्झौताको विस्तृत ब्यहोरा छिट्टै सार्वजनिक गरिनेछ ।

राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग हाल आंशिक रूपमा खुला भइसकेको र आउँदो शुक्रबारसम्ममा यसलाई पूर्ण रूपमा खोलिने उनले जानकारी दिए।

जेनेभामा औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुने दिन अर्थात् शुक्रबार नै यो जलमार्ग पूर्ण रूपमा खुल्ने अमेरिकी अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबाफले सम्झौतामा डिजिटल हस्ताक्षर गरिसकेको खुलासा गरे ।

अधिकारीहरूका अनुसार सम्झौताको पूर्ण ब्यहोरा आगामी २४ देखि ४८ घण्टाभित्र जारी गरिनेछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077