Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विपक्षी दलहरुको एकस्वर- प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व, सदनमा आएर स्पष्टीकरण दिनुपर्छ

विपक्षी दलहरुको एकस्वर- प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व, सदनमा आएर स्पष्टीकरण दिनुपर्छ

सोमवार , जेठ १८, २०८३

काठमाडौं । विपक्षी दलहरूले आजको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले उक्त निर्णय गरेको हो । 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भारत तर्फबाट नभइ नेपालको तर्फबाट पनि सीमा मिचिएकाले कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

यस्तो अभिव्यक्तिका साथै उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले आज संयुक्त बैठक राखेका थिए ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राई, ध्रुवराज राई, एमाले संसदीय दलका उपनेता पद्‍मा अर्याल, एमालेका प्रमुख सचेतक ऐन महर, कांग्रेसकी प्रमुख सचेतक बासना थापा, कांग्रेसका सचेतक निष्कल राईसहितका अन्य नेताहरू सहभागी थिए ।

बैठकबाट बाहिँरिदै राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले उनले भनिन्- 'प्रधानमन्त्रीज्यूले नेपालले भारतको सीमा मिचेको भन्नुभयो, त्यो अभिव्यक्ति एउटा सार्वभौम संसद्मा गएर प्रधानमन्त्रीज्यूले दिनु हुँदैनथ्यो। प्रधानमन्त्रीले यो कुरालाई फेरि पनि संसद्मा आएर नेपाली जनताबीच यस विषयमा आफ्नो स्पष्ट धारणा राख्नुपर्छ।'

यता श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि प्रधानमन्त्री शाहले अपरिपक्व अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण दिनुपर्ने बताएका छन्।

यससँगै उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने पनि निर्णय गरेका छन्। 

साथै उनीहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा आएर स्पष्टीकरण नदिदा सम्म सदनमा अवरोध जारी राख्ने अडान राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077