Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा विरोध नरोक्ने विपक्षी दलहरूको निर्णय, थप सशक्त रूपमा उत्रने

संसदमा विरोध नरोक्ने विपक्षी दलहरूको निर्णय, थप सशक्त रूपमा उत्रने

आइतवार , जेठ १०, २०८३

काठमाडौं । सरकारको कार्यशैलीविरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरूले थप सशक्त भएका अघि बढ्ने निष्कर्ष निकालेका छन् ।

आइतबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्लाई गरेको उपेक्षा र विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको छ ।

प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि विपक्षीबीचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली सहभागि थिए ।

प्रधानमन्त्री शाहले संसद्को उपेक्षा गरेको भन्दै विपक्षीहरू सदनमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुले आजको छलफलबाट पनि जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेका हुन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077