काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको उक्त बैठक कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा दिएको विवादित अभिव्यक्तिबारे मुख्य छलफल हुने बताइएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भारत तर्फबाट नभइ नेपालको तर्फबाट पनि सीमा मिचिएकाले कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
यस्तो अभिव्यक्तिका साथै उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।
प्रधानमन्त्री शाहको उक्त विवादित अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदीय अखिलेखबाटै हटाउन माग गरिरहेका छन् ।