Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेविसंघद्वारा सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना, पार्टी एकताको माग

नेविसंघद्वारा सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना, पार्टी एकताको माग

आइतवार , जेठ १०, २०८३

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। 

उनीहरूले पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउन, रोकिएको १२औँ महाधिवेशनको मिति तोक्न तथा संगठनलाई पुनः सक्रिय बनाउने माग अघि सार्दै धर्ना दिएका हुन्। 

धर्ना दिएका विद्यार्थी नेताहरूले कांग्रेसभित्र देखिएको गुट-उपगुट अन्त्य गर्दै संगठनात्मक एकता मजबुत बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

n.jpeg

धर्नाका क्रममा पार्टी कार्यालयका विभिन्न स्थानमा “पार्टी एकता पहिलो प्राथमिकता”, “१२औँ महाधिवेशन सुनिश्चित गर”, तथा संगठनलाई सक्रिय बनाउनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड टाँसिएको थिए ।

साथै नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको र समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने समेत उनीहरुले माग गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077