काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघले जेनजी आन्दोलनका नाममा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि सांघातिक हमला गर्नेलाई कारबाहीको माग गरेको छ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई १० बुँदे माग पत्र बुझाउँदै वृद्धावस्थामा रहेका व्यक्तिमाथि हमला गर्नेलाई कडा कारबाही गर्न माग गरेको हो।
नेविसंघले भनेका छ- 'नेपाल सरकारका पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पार्टीका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। आरजु राणा देउवा माथि सुनियोजित ढङ्गले भएको साङ्घातिक आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल अनुसन्धानको दायरामा ल्याई विद्यमान कानुनी व्यवस्था अनुसार कडा कारबाही गर्न माग गर्दछौँ।'
नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार आन्दोलनका नाममा अराजकता मच्चाउने जोकोहीलाई कारबाहीको माग गरिएको छ।