Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रतिष्ठानले गर्‍यो १२ उपसमिति गठन, को–को बने संयोजक ?

कांग्रेस प्रतिष्ठानले गर्‍यो १२ उपसमिति गठन, को–को बने संयोजक ?

सोमवार , जेठ ४, २०८३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले विभिन्न नीतिगत तथा अभियानमुखी कार्यलाई प्रभावकारी बनाउन भन्दै १२ वटा उपसमिति गठन गरेको छ ।

प्रतिष्ठानको बैठकले उपसमिति गठन गर्दै संयोजक पनि तोकेको छ । बैठकले सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्यखाका प्रस्तुत गर्न निर्देशन दिएको छ ।

प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गरी आगामी बैठकमा प्रस्ताव पेश गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरेको छ । 

१. भुमि व्यवस्था विशेष अभियान उपसमिति, संयोजन–डा. गोपाल दहित
(सुकुम्वासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानलाई साझा दृष्टिको खोजी)

२. विपद व्यवस्थापन उपसमिति, संयोजन–मानबहादुर थापा
(पूर्व तयारी, उद्धार र पुनर्थापना सहजीकरण अभियान)

३. मानसिक स्वास्थ्य : सचेतना अभियान उपसमिति, संयोजन–मोहना अन्सारी

४. सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति, संयोजन–ई. दिपेश विष्ट

५. निर्वाचन प्रणाली सुधार स् अवधारणा, संवाद र समन्वय उपसमिति, संयोजन–जनक चटौत

६. पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति, संयोजन–ई. अमृत ज्ञवाली
(पूँजीगत बजेट खर्च प्रणालीमा सुधार र पुर्वाधार निर्माणको गतिका लागि आवश्यक नीति र योजना तर्जुमामा कांग्रेसको सुझाव)

७. उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति, संयोजन–खगेन्द्र आचार्य

८. शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति, संयोजन–डा. कृष्णप्रसाद पौडेल

९. वीपी ज्ञान केन्द्र उपसमिति, संयोजन–प्रकाश लामिछाने
(आगलागीमा जलेको केन्द्रीय पुस्तकालय पुनर्व्यवस्थापन गरेर वीपी विचार स्कूलका रूपमा विकास गर्ने)

१०. जातीय विभेद विरुद्ध सचेतना अभियान उपसमिति, संयोजन–एलिजा ढकाल

११. डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति, संयोजन–प्रकृति भट्टराई

१२० ग्रिन टेवल उपसमिति, संयोजन-कञ्चन झा

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077