काठमाडौं । नेपाली कांग्रेसले आफ्ना संघीय सांसदहरूलाई लक्षित गर्दै संसदीय अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो ।
उक्त कार्यक्रममा संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय अभ्याससम्बन्धी विषयमा छलफल गरेको छ ।
पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी को संयोजकत्वमा रहेको सहजीकरण समितिले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई लक्षित गर्दै संसदीय जिम्मेवारी, प्रक्रियागत अभ्यास तथा वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको सहभागिता रहेको छ। आज नेता गोविन्द पोखरेलले सहजीकरण गरेका छन् ।