Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोलामा ४५ सयले घट्यो सुनको मूल्य

तोलामा ४५ सयले घट्यो सुनको मूल्य

आइतवार , जेठ ३, २०८३

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।

सुन तोलामा चार हजार पाँच सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 गत शुक्रबार भने सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा तीन सय ३० रुपैयाँले घटेर आज प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। 

गत शुक्रबार चाँदी पाँच हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077