Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति थापाले संविधान संशोधनका लागि जेनजी अगुवासँग छलफल गर्दै

कांग्रेस सभापति थापाले संविधान संशोधनका लागि जेनजी अगुवासँग छलफल गर्दै

आइतवार , जेठ ३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरूको राय सुझाव लिने भएका छन् ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी बैठक बोलाइएको छ । 

१८ जना जेनजीलाई पत्र पठाएर आमन्त्रण गरिएको छ। उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा। खनाल लगायत सहभागी हुने भएका छन्।

उपसभापति पुष्पा भुसालको संयोजकत्वमा संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयारी छलफलमा भने कांग्रेस सहभागी भएको छैन। शाह नेतृत्वको कार्यदलले जेनजी अगुवाहरुको संविधान संशोधनमा राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए ।

सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले छुट्टै तयारी गरिरहेको हो । 

यसअघि संविधानविदहरुसँग राय संकलनका लागि छलफल गरिसकेको समितिले आज जेनजी अगुवाहरुलाई बोलाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077