Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप अधिकारीको डिजाइनमा अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिने पाठक कारागार चलान

प्रदीप अधिकारीको डिजाइनमा अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिने पाठक कारागार चलान

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । भ्रष्टाचार आरोपी तत्कालीन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको डिजाइनमा अख्तियार प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक कारागार चलान भएका छन् । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले शुक्रबार उनलाई थुनामा पठाउन आदेश दिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक प्रदीप अधिकारीले आफूविरुद्ध भ्रष्टाचारको कसुरमा अनुसन्धान अगाडि बढाएपछि २ करोड रुपैयाँ दिएर अख्तियार प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिन लगाएका थिए। 

 पाठकले अधिकारीको निर्देशनमा एक्सट्रिमिस्ट ग्रुप खडा गरी राजीनामाको अल्टिमेटम दिदै अख्त्यिार प्रमुखलाई हत्याको धम्की दिएका थिए। अधिकारीको भ्रष्टाचार मुद्दाको अनुसन्धान प्रभावित पार्ने उदेश्यले यसरी धम्काएको खुलेको छ। त्यसवापत पाठकले अधिकारीसँग दुई करोड रुपैयाँ लिएका थिए। 

पाठकले राईसहित १० व्यक्तिको हत्या गर्ने र हत्याका लागि जेलबाट भागेका कैदीको सहारा लिने भन्दै अख्तियारमै उजुरी समेत हालेका थिए ।

काभे्र घर भएका ३३ वर्षीय पाठकलाई २८ माघमा प्रहरीले इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको थियो। 

उक्त कसुरमा मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो ।

जसमा महानिर्देशक अधिकारी, पाठक र झापाका ताराप्रसाद खरेलविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुन्डी, बिद्युतीय कारोबार र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो ।

भक्तपुरको नालिन्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा अधिकारीलाई यसअघि नै विशेष अदालतले कारागार चलान गरिसकेको छ  भने अर्का तारा प्रसाद खरेल भने फरार छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077