Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अद्यावधिक गर्नुपर्ने, अनलाइनबाटै फारम भर्न सकिने

कांग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अद्यावधिक गर्नुपर्ने, अनलाइनबाटै फारम भर्न सकिने

शुक्रवार , जेठ १, २०८३

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम आगामी जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बिहीबार ललितपुरस्थित केन्द्रीय कार्यालय बसेको बैठकले जेठ २१ गते भित्र अनिवार्य रूपमा क्रियाशील अद्यावधिक गर्नुपर्ने निर्णय गरेको हो ।

समितिले क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्दै विभिन्न प्रविधिमैत्री व्यवस्था लागू गरेको छ ।

नयाँ व्यवस्थाअनुसार नेपाली काँग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन फाराम भरेर सदस्यता अद्यावधिक गर्न सक्नेछन् । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको छ ।

अनलाइनमार्फत अद्यावधिक गर्दा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरेर कृत्रिम बुद्धिमत्ता आधारित सहायकमार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको समितिले जनाएको छ ।

त्यसैगरी केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने बताइएको छ । साथै ९७०१२५५५५५ नम्बरमा सम्पर्क गर्दा सोधिने प्रश्नहरूको उत्तर दिएर फोनबाटै अद्यावधिक फाराम भर्न सकिने सुविधा पनि मिलाइएको जनाएको छ ।

विदेशमा रहेका नेपाली काँग्रेससँग आबद्ध नेपाली जनसम्पर्क समितिका सदस्यका लागि समेत ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको छ ।

समितिले सदस्यता अद्यावधिक नगर्ने व्यक्तिले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने भएकाले तोकिएको समयभित्रै सदस्यता अद्यावधिक गर्न र गराउन मातहत निकायलाई निर्देशन दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077