Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् ।

वैशाख २८ गते जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आज विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो।

पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता यादवलाई दिएको समर्थन एक दल अर्थात् जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले फिर्ता लिएपछि ३० दिनभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार जेठ १ गते विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेश सभामा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका आठ जना सदस्य छन्। चार दलको बीचमा गठबन्धन कायम रहेको खण्डमा वर्तमान मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन रहनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077