Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा भन्छन्- सरकारलाई सही बाटोमा ल्याउने क्षमता कांग्रेससँग छ

गगन थापा भन्छन्- सरकारलाई सही बाटोमा ल्याउने क्षमता कांग्रेससँग छ

बिहिवार , बैशाख ३१, २०८३

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई सही बाटोमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको बताएका छन् ।

बिहीबार गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले  प्रधानमन्त्रीले कानुन र संविधानको सीमाभित्र रहेर मात्र कार्य गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

थापाले सरकारको आलोचना मात्र गर्ने नभई सकारात्मक कामको समर्थन गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेस लाई सरकारलाई सही दिशामा मार्गदर्शन गर्ने राजनीतिक शक्ति रहेको उल्लेख गरे ।

उनका अनुसार आगामी पाँच वर्षका लागि सरकार सञ्चालनको अवसर प्राप्त गरेको दलले जिम्मेवारीपूर्वक शासन सञ्चालन गर्नुपर्नेछ, तर राज्य संयन्त्र संविधानअनुसार नै चल्नुपर्नेमा कुनै सम्झौता हुन नहुने बताए ।

 'हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ । रास्वपाले पाँच वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस्, तर सरकार सही ढंगले चल्नुपर्छ । संविधानलाई तलमाथि हुन नदिने तागत राख्नुपर्छ,'  उनले भनेका छन् ।

उनले सरकारको कामकाज गति र उत्साहका नाममा असन्तुलित नहुनुपर्ने भन्दै हतार र लहडमा नीति तथा निर्णय लिन नहुने चेतावनी दिए ।

थापाले राज्यले निजी क्षेत्रसँगको व्यवहारका कारण भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने पनि बताए । 

साथै भेला तथा प्रशिक्षण उद्घाटन गर्दै थापाले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र स्थानीय तहसम्मै कांग्रेसको उपस्थिति प्रभावकारी बनाउन यो भेला कोसेढुंगा हुने विश्वास व्यक्त गरेका छन्। 

पोखराको सभाहलमा आयोजित भेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उपस्थिति छ। कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने मिति तोकिसकेको छ। यसअघि सुदूरपश्चिमको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा कांग्रेसले भेला सम्पन्न गरिसकेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077