Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन नआएको रिसमा हर्क साम्पाङले गरे संसद बैठक बहिस्कार

बालेन नआएको रिसमा हर्क साम्पाङले गरे संसद बैठक बहिस्कार

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले बैठक नै बहिस्कार गरेका छन् । 

सो पार्टीका अध्यक्ष साम्पाङसहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।

उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् । 

सभामुख डीपी अर्यालले पटक–पटक सदन अवरोध नगर्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरुले नटेरेपछि १५ मिनेटका लागि संसद बैठक नै स्थगित गरिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077