Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले माग्यो बजेटका लागि राय-सुझाव

सरकारले माग्यो बजेटका लागि राय-सुझाव

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई थप जनमुखी, पारदर्शी र सहभागितामूलक बनाउन सरकारले ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका राय, अनुभव र विज्ञतालाई प्रत्यक्ष रूपमा नीति निर्माण प्रक्रियासँग जोड्ने उद्देश्यसहित नयाँ डिजिटल प्रणाली सुरु गरेको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार पोर्टलमार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, नीति विश्लेषक तथा सरोकारवालाहरूले आफ्ना सुझाव सिधै सरकारसमक्ष पठाउन सक्नेछन् ।

उनले सरकारले जनसहभागितालाई प्राथमिकतामा राख्दै नीति निर्माण प्रक्रियालाई खुला र समावेशी बनाउन छुट्टै प्लेटफर्म तयार गरिएको बताए ।

सरकारको अपेक्षाअनुसार यो पोर्टलले नागरिक र राज्यबीच संवादको सेतुका रूपमा काम गर्नेछ ।

प्रधानमन्त्री कार्यालयका अनुसार पोर्टलमा प्राप्त सान्दर्भिक सुझावहरूको अध्ययन गरी आगामी नीति, कार्यक्रम तथा बजेटमा आवश्यक विषय समावेश गरिनेछ ।

इच्छुक सरोकारवाला र नागरिकले सरकारको आधिकारिक पोर्टल https://suggestions.opmcm.gov.np/ मार्फत् आफ्ना अवधारणा र सुझावहरू दर्ता गराउन सक्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077