Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी पुगे गगन, मुख्यमन्त्री शाहले गरे स्वागत, अन्य मन्त्रीहरू गेटमै रोकिए

धनगढी पुगे गगन, मुख्यमन्त्री शाहले गरे स्वागत, अन्य मन्त्रीहरू गेटमै रोकिए

शनिवार , बैशाख २६, २०८३

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज पार्टीको कार्यक्रममा सहभागी हुन धनगढी पुगेका छन् ।

उनीलाई स्वागत गर्न सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह विमानस्थलभित्र पुगेका थिए । तर अन्य मन्त्रीहरू भने गेटमै रोकिएका छन् ।

सभापतिलाई स्वागत गर्न पुगेका सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला मन्त्री बहादुर थापा, वन मन्त्री शिवराज भट्ट र अर्थ राज्यमन्त्री प्रकाश बम लाई विमानस्थलको गेटमै रोकिएको हो ।

यसअघि नेताहरूलाई धावनमार्गसम्म पुगेर स्वागत गर्ने गरिएको भए पनि यसपटक मुख्यमन्त्रीबाहेक अरूलाई भित्र जान दिइएन ।

नेपाली कांग्रेसले आज सुदूरपश्चिममा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गरेको छ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलामा सभापति गगनकुमार थापाले सम्बोधन गर्दैछन् ।

भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे शुक्रबार धनगढी पुगिसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077