Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री ओलीले सरकारलाई फिर्ता गरे गाडी

पूर्वप्रधानमन्त्री ओलीले सरकारलाई फिर्ता गरे गाडी

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीले दोहोरो सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सरकारी गाडी सरकारलाई फिर्ता गरेका छन् । 

गृह मन्त्रालयले दोहोरो सुविधामा सवारीसाधन प्रयोग भएको भन्दै तत्काल फिर्ता गर्न पत्राचार गरेपछि ओलीले गाडी फिर्ता गरेका हुन् । गृह मन्त्रालयको निर्देशनपछि उनले बा१३च ६४३७ नम्बरको सवारीसाधन बुधबार फिर्ता गरेको स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारीसाधन र सुविधाको यथार्थ विवरण माग गर्दै गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

प्रधानमन्त्री कार्यालयले गरेको अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेभन्दा बढी सवारीसाधन प्रयोग गरेको वा विभिन्न निकायबाट दोहोरो सुविधा लिएको संकेत भेटिएपछि विस्तृत विवरण संकलन प्रक्रिया अघि बढाइएको हो ।

कार्यालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेका सुविधा सम्बन्धी पूर्ण विवरण बुधबार कार्यालय समयभित्र इमेलमार्फत पठाउन समेत कडा निर्देशन दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077