Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले सुकुम्बासीलाई क्रुर र अमानवीय व्यवहार गरेको कांग्रेसको ठहर

सरकारले सुकुम्बासीलाई क्रुर र अमानवीय व्यवहार गरेको कांग्रेसको ठहर

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसले सुकुम्वासी बस्ती हटाउने सरकारी कदमप्रति कडा आपत्ति जनाउँदै त्यसलाई “क्रुर र अमानवीय” कदमको संज्ञा दिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको उक्त कदम संविधान र कानुनले निर्दिष्ट गरेको बाटोविपरीत भएको ठहर गर्दै गम्भीर असन्तुष्टि व्यक्त गरेको हो । कांग्रेसका अनुसार संवेदनशील सामाजिक विषयलाई बलपूर्वक र अमानवीय ढङ्गले समाधान गर्न खोजिनु विडम्बनापूर्ण छ ।

‘खोला किनाराका सुकुम्वासी बस्ती हटाउने नाममा संवेदनाहीन ढङ्गले धम्क्याउने, बलपूर्वक निष्कासन गर्ने र गुम्बा, मन्दिर तथा विद्यालयसमेत भत्काउने कार्यले हामी स्तब्ध भएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘जन–अभिमतबाट आएको लोकतान्त्रिक सरकार आफ्नै कमजोर नागरिकप्रति यति धेरै क्रुर हुन सक्छ भन्ने कल्पनासमेत गर्न सकिँदैन।’

कांग्रेसले संविधानले सुनिश्चित गरेको “सम्मानपूर्वक बाँच्न पाउने हक” को स्मरण गराउँदै राज्यले कानुन कार्यान्वयन गर्दा नागरिकको आत्मसम्मान र मर्यादाको रक्षा गर्नुपर्ने जोड दिएको छ। ‘लोकतान्त्रिक शासन प्रणालीमा यस्तो अमानवीय व्यवहार स्वीकार्य हुँदैन,’ विज्ञप्तिमा भनिएको छ।

साथै, सुकुम्वासी बस्तीमा बल प्रयोग गर्दै डोजर चलाउने कार्यको कांग्रेसले घोर भर्त्सना गर्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ। ‘रुल बाइ ल होइन, रुल अफ ल अनुसार वास्तविक भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको वैज्ञानिक व्यवस्थापन गर्नुपर्छ,’ कांग्रेसको माग छ।

यसैबीच, बस्तीबाट विस्थापित नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’ तथा अस्थायी आश्रयस्थलको अवस्था अत्यन्तै कष्टकर र अमानवीय रहेको सूचनाप्रति पनि कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विस्थापितहरूको वास्तविक अवस्था बुझ्न कांग्रेसले तत्काल विशेष अनुगमन टोली गठन गर्ने निर्णय समेत गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077