Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लालपुर्जा वितरण नहुँदासम्म सुकुम्बासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

लालपुर्जा वितरण नहुँदासम्म सुकुम्बासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । सरकारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण नगरेसम्म वास्तविक सुकुम्बासीहरूलाई अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घर भाडा उपलब्ध गराउने तयारी गरेको छ । 

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार समिति सभापति हरि ढकालले यसबारे जानकारी गराएका हुन् । 

'काठमाडौंको सन्दर्भमा होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको स्क्रिनिङ भइरहेको छ । उहाँहरूले लालपुर्जा नपाउन्जेलसम्मका लागि मासिक १५ हजार रुपैयाँ घर भाडा दिने सरकारको तयारी छ,' सभापति ढकालले भने ।

हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको र सो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्रयाक’ बाट लालपुर्जा वितरण गरिने सरकारको लक्ष्य छ । 

साथै, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रबन्ध मिलाइएको छ । 

सरकारले केहीदिन अघि काठमाडौंका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर परिचालन गरेको थियो ।

उपत्यकाभरका १६ बस्तीबाट सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरेर बनाइएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइएको थियो । 

जसअनुसार १६ बस्तीबाट १५ हजारबढी नागरिक तथा बालबालिका विस्थापित भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077