काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
आज सुन तोलामा तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भने बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेर पाँच हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी तोलामा ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।