काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी वैशाख २१ गते दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन।