काठमाडौं । सरकारले सिनामंगलस्थित अतिक्रमण गरिएको सार्वजनिक जग्गामा बनाइएका घर तथा टहराहरू भत्काउन सुरु गरेको छ ।
सार्वजनिक जग्गा संरक्षण गर्ने र सहरी व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले शनिबार ती संरचनाहरूमा डोजर चलाएको हो।
सरकारले स्थानीय प्रशासन र नगर प्रहरीको समन्वयमा भएको उक्त कारबाहीका क्रममा दर्जनौँ टहरा र अवैध रूपमा सञ्चालित व्यवसायिक संरचनाहरू भत्काइ सकेको छ ।
आजै बालाजुसहित स्वयम्भू र माछापोखरी लगायतका क्षेत्रका नदी आसपासमा धमाधम डोजर चलिरहेको छ ।
शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट लगायत विभिन्न सुकुमबासी बस्तीमा डोजर चलाइएको थियो ।
यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।