काठमाडौं । सरकारले बालाजु र माछा पोखरीका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ ।
सरकारले दोस्रो चरणअन्तर्गत आज बिहान सुकुमबासी तथा नदी क्षेत्र आसपासका सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।
बालाजुसहित स्वयम्भू र माछापोखरी लगायतका क्षेत्रका नदी आसपासमा धमाधम डोजर चलिरहेको छ ।
शुक्रबारटेकु, शंखमुख, बल्खु, बंशीघाट लगायत विभिन्न सुकुमबासी बस्तीमा डोजर चलाइएको थियो ।
यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।