Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images
सुकुम्बासी बस्तीमा डोजर आतंक :

सरकारले घर भत्काएको हेर्न सक्दिन भनेर निस्किएका बृद्ध बल्खु खोलामा मृत भेटिए

सरकारले घर भत्काएको हेर्न सक्दिन भनेर निस्किएका बृद्ध बल्खु खोलामा मृत भेटिए

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् । 

शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिएको मृतककै परिवारले बताएका छन् । 

यद्यपी काठमाडौं प्रहरीले भने अहिलेसम्म मृतकको अवस्थाको बारेमा विस्तृत जानकारी गराएको छैन  ।

प्रहरी स्रोतका अनुसार शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ।

मृत फेला परेका व्यक्ति ६१ वर्षीय इन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् । सरिताले भनेकी छन्–‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो । अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’

पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा विगत  १७ वर्षदेखि बस्दैआएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भने मृतकको परिचय र मृत्युको कारण खुलाएको छैन । परिवारसँगको सम्पर्कमा पुगेर थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इन्द्रबहादुर बेला–बेलामा परिवारको सम्पर्कभन्दा बाहिर पनि बस्दै आएका थिए । उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् ।

काठमाडौं प्रहरीले विस्तृत बुझ्ने काम भइरहेको जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077