Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकामा सुकुम्बासी बस्ती हटाउन दोस्रो चरण सुरु, बल्खुमा चल्यो डोजर

उपत्यकामा सुकुम्बासी बस्ती हटाउन दोस्रो चरण सुरु, बल्खुमा चल्यो डोजर

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र पारेको छ ।

यसैक्रममा आज बल्खु क्षेत्रका बस्तीमा डोजर प्रयोग सुरु गरिएको छ ।

सरकारले नदी किनारको अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिँदै अव्यवस्थित बसोबास हटाउन थालेको हो। बल्खु क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

स्थानीय प्रशासनका अनुसार आश्रयविहीन वा आफैं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रभावित परिवारलाई अस्थायी व्यवस्थापनका लागि सहयोग गरिरहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077