Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुम्बासी संघद्वारा आन्दोलनको घोषणा, राजमार्गमा चक्काजामदेखि आमहड्तालसम्म

सुकुम्बासी संघद्वारा आन्दोलनको घोषणा, राजमार्गमा चक्काजामदेखि आमहड्तालसम्म

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । सरकारले काठमाडौंलगायत देशका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाएपछि अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ। 

बिहीबार पत्रकार सम्मेलन गरी संघले आन्दोलनको घोषणा गरेको हो। दुई चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष अमर परियारले बताएका छन् । 

पहिलो चरणमा नेताहरूको ध्यानाकर्षण गराउने संघले जनाएको छ । यस क्रममा प्रतिनिधि र प्रदेश सभाका सांसदलाई जानकारी दिइने परियारले बताए ।  

त्यसपछि वैशाख २० गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु हुनेछ। दोस्रो चरणमा जिल्ला, पालिका र बस्तीमा विरोध सभा र भेला गरिने तथा देशभरका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला कार्यालयमा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । 

त्यसपछि वैशाख ३१ गते मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द नगरे र विस्तापित सुकुम्बासीको बसोबासको व्यवस्था नगरेमा जेठ ७ गतेदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै अनिश्चितकालीन आमहड्ताल गर्ने संघले जनाएको छ। 

यता, सरकारले भने उपत्यकामा बाँकी रहेका सबै सुकुम्बासी बस्तीमा शुक्रबार एकै पटक डोजर चलाउने तयारी गरेको छ । 

sukumbsai.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077