Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर गोल्छा प्रकरण : सर्वोच्चमा सुनुवाइ स्थगित, भोलिलाई सर्‍यो पेसी

शेखर गोल्छा प्रकरण : सर्वोच्चमा सुनुवाइ स्थगित, भोलिलाई सर्‍यो पेसी

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी शेखर गोल्छासम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा हुन नसकी स्थगित गरिएको छ।

न्यायाधीश सुनिलकुमार पोखरेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याउने’ भएपछि सुनुवाइ भोलिका लागि सारिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार व्यस्त कार्यसूचीका कारण आज सुनुवाइ हुन नसकेको र नयाँ पेसी भोलिलाई तोकिएको छ।

यसअघि सर्वोच्च अदालतले गोल्छालाई २४ घन्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश दिएको थियो। उक्त आदेशअनुसार उनलाई अदालतमा उपस्थित गराइए पनि सुनुवाइ हुन नसकेपछि पुनः थुनामै राखिएको छ ।

जिल्ला अदालतले भने यसअघि नै गोल्छालाई अनुसन्धानका लागि तीन दिनसम्म थुनामा राख्न अनुमति दिएको थियो। उनी विचौलिया दिपक भट्टका साझेदार पनि हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077