Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर गोल्छाको थप तीन दिन हिरासतमै बास

शेखर गोल्छाको थप तीन दिन हिरासतमै बास

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । विचौलिया दिपक भट्टका साझेदार व्यवसायी शेखर गोल्छालाई धितोपत्र कारोबारसम्बन्धी प्रकरणमा अनुसन्धानका लागि अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछाने को इजलासले उक्त अनुमति दिएको हो ।

गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले वैशाख १० गते काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको थियो ।

यो प्रकरण नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा तयार गरिएको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ पछि सतहमा आएको हो, जसमा गोल्छाको नाम पनि समावेश छ ।

उक्त प्रतिवेदनपछि उनले हिमालयन रिइन्स्योरेन्स कम्पनी को अध्यक्ष पदबाट फागुन २५ गते राजीनामा दिएका थिए ।

अनुसन्धानका क्रममा भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि मार्फत गरिएको कारोबारमा मुख्य भूमिका दीपक भट्ट को रहेको र सहयोगीका रूपमा विभिन्न कम्पनी तथा व्यक्तिहरूको रकम प्रयोग भएको देखिएको छ। तीमध्ये गोल्छाको नाम पनि समावेश छ ।

प्रारम्भिक विवरणअनुसार, गोल्छालाई ब्रोकर कम्पनीले करिब ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ।

हाल गोल्छा अर्गनाइजेशन का अध्यक्ष रहेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077