Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुग्लिन–पोखरा सडक अवरुद्ध : पहिरो पन्छाउने प्रयास जारी, यात्रा नगर्न आग्रह

मुग्लिन–पोखरा सडक अवरुद्ध : पहिरो पन्छाउने प्रयास जारी, यात्रा नगर्न आग्रह

बुधवार , बैशाख १६, २०८३

तनहुँ । लगातारको वर्षाका कारण पहिरो खस्दा मुग्लिन–पोखरा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ स्थित मुसे खोलामा सडकभन्दा करिब ५० मिटरमाथिबाट ढुंगा, हिलो र लेदोसहितको पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।

पहिरो पन्छाउन नेपाल प्रहरी र सडक डिभिजन कार्यालयको संयुक्त टोली घटनास्थलमा खटिएको छ। तर, माथिबाट अझै ढुंगा खसिरहेकाले र वर्षा जारी रहेकाले तत्काल सडक खुलाउने काम प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रहरीले जोखिम अझै कायम रहेकाले उक्त सडकखण्ड प्रयोग नगर्न र वैकल्पिक मार्ग अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

वर्षायामसँगै पहिरोको जोखिम बढ्दै गएकाले सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न सम्बन्धित निकायले चेतावनी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077