Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पराजयपछि पहिलोपटक सर्लाही जाँदै गगन थापा

पराजयपछि पहिलोपटक सर्लाही जाँदै गगन थापा

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि पहिलोपटक आज सर्लाही जाँदै छन् । चुनावी परिणामपछि जिल्लामा उनको यो पहिलो औपचारिक भ्रमण हो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा अमरेश सिंहसँग पराजित भएका थिए ।

उक्त परिणामपछि उनी सर्लाही नआएको अवस्थामा आजको भ्रमणलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ ।

थापा मतदातालाई धन्यवाद ज्ञापन गर्न र पार्टीले सञ्चालन गरिरहेको ‘जरा अभियान’का कार्यक्रममा सहभागी हुन सर्लाही जान लागेको बताइएको छ ।

पार्टी आधिकारिकताको विवाद अदालतमा विचाराधीन रहेका कारण थापा चुनावलगत्तै सर्लाही जान सकेका थिएनन्। अहिले भने संगठन सुदृढीकरण र कार्यकर्तासँग पुनः जोडिने उद्देश्यले उनको भ्रमण तय भएको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077