एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) ले तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ ।
लामो समयदेखि चर्चामा रहेको यो निर्णय यही मे १ तारिख अर्थात् शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको हो । युएईको यो घोषणाले क्षेत्रीय शक्ति सन्तुलन र तेल बजार दुवैमा असर पार्ने सङ्केत दिएको बताइएको छ ।
सरकारी समाचार एजेन्सीमार्फत सार्वजनिक गरिएको घोषणामा युएईले आफ्नो दीर्घकालीन रणनीतिक र आर्थिक प्राथमिकताअनुसार पछिल्लो कदम चालिएको उल्लेख गरेको छ ।
युएईले ओपेकबाट बाहिरिएपछि पनि जिम्मेवार ऊर्जा उत्पादकका रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।