Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युएईमा इरानी मिसाइलका टुक्रा खसे, ७ नेपाली घाइते

युएईमा इरानी मिसाइलका टुक्रा खसे, ७ नेपाली घाइते

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीस्थित अजवन क्षेत्रमा इरानबाट प्रहार गरिएको मिसाइलको टुक्रा खस्दा ७ जना नेपाली घाइते भएका छन् भने जसमा एक जनाको अवस्था गम्भीर रहेको छ ।

आबुधावी सञ्चार कार्यालयका अनुसार ६ जना सामान्य घाइते भएका छन् भने गम्भीर घाइतेको उपचार भइरहेको छ। सोही घटनामा ५ जना भारतीय नागरिक पनि घाइते भएको जनाइएको छ।

यसअघि पनि यस्तै घटनामा युएईमा १७ नेपाली घाइते भएका थिए, जसले खाडी क्षेत्रमा बढ्दो सुरक्षा जोखिमप्रति चिन्ता थपेको छ।

नेपाली दूतावासले घाइतेहरूको विस्तृत विवरण संकलन र सहयोगका लागि पहल भइरहेको जनाएको छ। युएईमा करिब ७ लाख नेपाली कार्यरत छन्, जसका कारण यस्तो घटनाले ठूलो समुदाय प्रभावित हुने जोखिम देखिएको छ।

हाल इरान र इजरायलबीचको द्वन्द्व चर्किँदै जाँदा इरानले युएईसहित खाडीका देशहरूमा पनि आक्रमण तीव्र पारेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077