Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यादेशबारे कांग्रेसले भन्यो- स्पष्ट बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत

अध्यादेशबारे कांग्रेसले भन्यो- स्पष्ट बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले एक वक्तव्य जारी गर्दै सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

'यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो । यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ। सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ,' विज्ञप्तिमा भनिएको छ।

 बोलाइएको संसद अधिवेशन नै स्थगित गरेर सरकारको संसदप्रतिको विश्वास नै गुमाउने अवस्थामा पुगेको कांग्रेसको दाबी छ ।

सोही विषयमा प्रतिक्रिया जनाउँदै कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले शक्ति केन्द्रिकरण गर्न लागेको आरोप समेत लगाएको छ ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए । 

तर संसद् अधिवेशन चलिरहेका बेला अध्यादेश ल्याउन नमिल्ने भएपछि सरकारले रोकेको थियो। 

हालै सरकारले दुई वटा अध्यादेश ल्याउने गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । 

त्यसैले संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077