Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता पूर्णबहादुर समूहको बैठक बस्दै

कांग्रेस नेता पूर्णबहादुर समूहको बैठक बस्दै

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं ।  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूहको सक्रियता बढाउँदै आज बैठक बोलाएका छन् ।

पार्टीभित्र बढ्दो आन्तरिक खटपटका बीच उनले धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बैठक बोलाएका हुन् ।

बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

यसअघि वैशाख ६ गते सोही स्थानमा बसेको भेलाले ‘पर्ख र हेर’ रणनीति अपनाउने निष्कर्ष निकालेको थियो, तर पछिल्लो राजनीतिक घटनाक्रमले खड्का समूह पुनः सक्रिय मोडमा देखिएको छ।

विशेष महाधिवेशनपछि गगन थापा को नेतृत्वमा पार्टी पुनर्गठन भएकोप्रति असन्तुष्टि जनाउँदै आएका खड्काले उक्त प्रक्रिया खारेज गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तर सर्वोच्चको निर्णयले थापा नेतृत्वलाई वैधानिकता दिएपछि पनि खड्का समूहले आफ्नो अलग धार कायम राख्दै आएको छ।

संस्थापन पक्षले खड्काका गतिविधिलाई अनुशासनविपरीत ठहर गर्दै स्पष्टीकरणसमेत सोधेको थियो, तर उनले त्यसको जवाफ दिएका छैनन्।

यसबीच सभापति थापा स्वयं वैशाख ६ गते गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077