Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिक सांसद भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता

समानुपातिक सांसद भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ।

बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरे पनि औपचारिक रूपमा भने आगामी संसदीय दलको बैठकबाट अनुमोदन गरिनेछ।

कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि पहिलो पटक सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको हो।

सुरुमा भीष्मराज आङ्देम्बेसहित अर्जुननरसिंह केसी र मोहन आचार्य दाबेदारका रूपमा देखिए पनि पार्टीभित्र एकताको सन्देश दिन आङ्देम्बेलाई नै नेतृत्व दिनुपर्ने धारणा बलियो बनेको थियो।

पार्टीको १४औँ महाधिवेशनमा उनी शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। पछि पार्टीभित्रको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन्। आङ्देम्बे कांग्रेसका समानुपातिक सांसद हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077