Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैरीधारा क्षेत्रको सुकमबासी बस्ती पनि हटाइयो

गैरीधारा क्षेत्रको सुकमबासी बस्ती पनि हटाइयो

शनिवार , बैशाख १२, २०८३

काठमाडौं ।  काठमाडौंको गैरीधारा क्षेत्रको सुकुमबासी बस्ती खाली गरिएको छ ।

सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन यो अभियान चलाइएको हो । हाल बस्ती खाली गराइएको छ भने त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

बस्तीमा डोजर लगाएर भत्काउने क्रम जारी छ । आज नै थापाथलीस्थित सुकुमबासी बस्ती पनि भत्काइएको थियो ।

यसैगरी सिनामंगलस्थित सुकुमबनासी बस्ती हटाउने अभियानलाई निरन्तरता दिँदै डोजर चलाउन सुरु गरेको छ ।

यता तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने काम भइरहेको छ । भने मनोहरास्थित सुकुमबासी बस्ती पनि भत्काउने तयारी छ ।

बिहीबार साँझ नै बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनिएको थियो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077