काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाउन सुरु गरेको छ ।
सुकुम्बासी बस्तीका घरटहरा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।
घरटहराभित्र सामान सार्ने काम भइरहेको छ । ठूलो संख्यामा परिचालन गरिएका प्रहरीले पनि सुकुम्बासीको सामान सार्नको लागि सहयोग गरिरहेको छ ।
यसअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा पनि डोजर चलाएर बस्ती खाली गराइएको थियो ।
प्रहरीले बिहीबार साँझ नै बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनेको थियो।
सरकारले सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ ।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन ९इचङ्गु०, कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प गराउनेछ ।
साथै शनिबार र आइतबारका लागि सरकारले नै खाद्य व्यवस्थापनको जिम्मा लिएको जनाइएको छ।