Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थापाथलीको सुकुम्बासी बस्तीमा चल्यो डोजर

थापाथलीको सुकुम्बासी बस्तीमा चल्यो डोजर

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । सरकारले काठमाडौंको थापाथलीको सुकुम्बासी बस्ती आजदेखि हटाउन सुरु गरेको छ ।

सरकारले डोजर चलाएर काठमाडौंको थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्तीमा शनिबारदेखि खाली गर्न लागेको हो। 

थापाथलीमा भर्खरैबाट डोजर चल्न सुरु गरेको छ। आज बिहानैबाट थापाथलीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बस्ती भत्काउँदा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै काठमाडौँ प्रशासन र काठमाडौँ महानगरले समन्वय गरिरहेको जनाएको छ। 

गत  बुधबार साँझ प्रधानमन्त्री बालेन शाहले सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए।

शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएसँगै काठमाडौं प्रशासन र काठमाडौं महानगरपालिकाले सुकुम्बासीलाई बस्ती छाड्न माइकिङ गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077