Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई महेश बस्नेतको प्रश्न - तिम्रा दुई अराजक सांसदलाई कारबाही गर्छौं कि गर्दैनौँ ?

बालेनलाई महेश बस्नेतको प्रश्न - तिम्रा दुई अराजक सांसदलाई कारबाही गर्छौं कि गर्दैनौँ ?

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहलाई निषेध नभइ व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बस्नेतले गरिब बस्तीका बासिन्दालाई “हाम्रा बाआमा र बच्चाबच्ची जस्तै” भन्दै उनीहरूलाई जबर्जस्ती हटाउने कार्य समाधान नभई समस्या थप्ने काम हुने टिप्पणी गरेका हुन् ।

सुकुम्बासीहरूका गरिब बस्तीका बुढाआमा र बच्चाबच्ची हाम्रा बाआमा र बच्चाबच्ची जस्तै भएको जिकिर गर्दै बस्नेतले उनीहरूलाई लखेट्ने काम समाधान नभइ अपराध भएको बताए ।

उनले लेखेका छन्, 'यी गरिब बस्तीका बुढाआमा हाम्रा बाआमा जस्तै हुन्, बच्चाबच्ची हाम्रा बच्चाबच्ची जस्तै हुन्। उनीहरूलाई लखेट्ने काम समाधान होइन, अपराध हो ।'

बस्नेतले बालेन शाह नेतृत्वको सरकारले एकातिर सुकुम्बासी बस्ती हटाउने अभियान चलाइरहेको र अर्कोतर्फ आफ्नै जनप्रतिनिधि तथा निकट व्यक्तिहरू विवादास्पद अभिव्यक्तिमा संलग्न भएको आरोपसमेत लगाएका छन् ।

'एकातिर बिहानै गरिब सुकुम्बासीहरूको बिल्लीबाठ बनाउँदै डोजर लगाएर घर भत्काइँदैछ बालेन सरकार १ अर्कोतर्फ उसका सांसदहरू कोही हेडमास्टरलाई ‘गेटसम्म स्वागत गर्न आएन’ भनेर थर्काउँदैछन्, कोही जिल्ला प्रहरीको एसपीलाई ‘सडकमा घिसार्छु’ भन्दै धम्की दिइरहेका छन्,' उनले भने, 'गरिबलाई अत्याचार गर्ने बालेन ! तिम्रा ती दुई अराजक सांसदलाई कारबाही गर्छौ कि गर्दैनौ ?' 

सांसद खगेन्द्र सुनारले सिन्धुलीका एसपीलाई सडकमा घिसार्ने अभिव्यक्ति दिएका थिए भने सांसद विश्वराज पोखरेलले हेडमास्टर विद्यालय गेटसम्म स्वागत गर्न नआएको भन्दै थर्काएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077