Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुम्बासी बस्ती हटाउन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

सुकुम्बासी बस्ती हटाउन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । काठमाडौंमा सुकुम्वासी बस्ती हटाउने सरकारी अभियान आजबाट तीव्र बनाइएको छ । थापाथली र गैरीगाउँ क्षेत्रका बस्ती भत्काउन सरकारले ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ ।

संभावित प्रतिवाद र अवरोधलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई व्यापक रूपमा खटाइएको हो। बिहानैदेखि डोजर चलाउने तयारीसँगै ती क्षेत्रमा सुरक्षा घेरा कडा पारिएको छ।

सरकारले पहिलो चरणमा आज थापाथली र गैरीगाउँका बस्ती हटाउनेछ भने मनोहरा, सिनामंगललगायतका अन्य क्षेत्रका सुकुम्वासी बस्ती भोलि भत्काउने योजना बनाएको छ। दुई दिनभित्र सबै बस्ती खाली गरिसक्ने लक्ष्य राखिएको छ।

डोजर चल्ने खबर पाएपछि बस्तीमा बसोबास गर्दै आएका परिवारहरूले हतारहतार आफ्ना सामान सार्न थालेका छन्। घरभित्रका सामग्री, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्ने काम तीव्र देखिएको छ।

यसअघि प्रशासनले शुक्रबार नै सूचना जारी गर्दै घरटहरा खाली गर्न र आवश्यक सामान सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077