काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले उनलाई नक्साल क्षेत्रबाट प्रकाउ गरेको हो ।
गोल्छा हिमालयन रि–इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत हुन् ।
हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा गोल्छा पनि तानिएका छन् ।