Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुम्बासीलाई लखेट्नु प्रगति होइन, गरिबमाथिको हमला हो : महेश बस्नेत

सुकुम्बासीलाई लखेट्नु प्रगति होइन, गरिबमाथिको हमला हो : महेश बस्नेत

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार छिट्टै जनताको मन र सत्ताबाट बाहिरिने दाबी गरेका छन् ।

सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत सरकारमाथि कडा प्रहार गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर “शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर” भन्ने निर्देशन दिएको विषयलाई बस्नेतले सरकारको “असली चरित्र नाङ्गो बनाउने” कदमको रूपमा व्याख्या गरेका छन्।

उनले रवि लामिछानेको पुरानो अभिव्यक्ति स्मरण गर्दै प्रश्न उठाए 'सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु भन्ने प्रतिबद्धता कहाँ गयो ?'

बस्नेतले सरकारको नीति गरिबविरोधी भएको आरोप लगाउँदै सुकुम्बासीलाई व्यवस्थापन गर्ने कि विस्थापित गर्ने भन्ने स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताएका छन्।

उनले सडक विस्तार, फुटपाथ सफाइ, भन्सार कडाइ लगायतका निर्णयहरूलाई उदाहरण दिँदै सरकार “गरिबमाथि सीधा हमला” गरिरहेको टिप्पणी गरे।

साथै विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले सरकार लोकतान्त्रिक मूल्यभन्दा टाढा गएको र “अधिनायकवादतर्फ उन्मुख” देखिएको उनको आरोप छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077