काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तत्काललाई गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने भएका छन् ।
आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेका हुन् ।
गुरुङ विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि उनी पनि विवादमा तानिएका थिए ।
त्यसपछि आज गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको भन्दै नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा पद छाडेका हुन्।
प्रधानमन्त्रीसँग रक्षा मन्त्रालयको पनि जिम्मेवारी छ ।