Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईँविरुद्ध ५ वर्षसम्म कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर

दुर्गा प्रसाईँविरुद्ध ५ वर्षसम्म कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । 

प्रसाईँलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको हो । 

प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ ।

प्रसाईँले फेसबुकमा भिडियोहरू पोस्ट गर्दै राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए ।

कानुनी व्यवस्था अनुसार प्रसाईँ कसुरदार ठहरिएमा १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ।

साथै, उनले पटक-पटक यस्तो कसुर गरेको देखिएकाले सोही ऐनको दफा ४७ (२) बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077