Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक हुँदै

हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक हुँदै

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । नेकपा एमालेले आज पार्टीको ७७औँ स्थापना दिवस विशेष कार्यक्रमसहित मनाउँदैछ ।

काठमाडौं–ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने तयारी छ ।

पार्टीका महासचिव शंकर पोखरेल का अनुसार कार्यक्रममा पार्टीको ऐतिहासिक यात्रा, संगठनात्मक उपलब्धि र वर्तमान राजनीतिक परिस्थितिबारे विस्तृत छलफल हुनेछ।

ओली हालैको राजनीतिक घटनाक्रम र स्वास्थ्य समस्यापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्न लागेका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी अभियोगमा चैत १४ गते पक्राउ परेका उनी १३ दिनपछि रिहा भएका थिए। सोही अवधिमा उनको पत्थरीको शल्यक्रिया समेत गरिएको बताइएको छ।

यसबीच, एमालेभित्र नेतृत्व परिवर्तनको बहस पनि चुलिएको चर्चा छ। पार्टीभित्र ओलीको विकल्प खोज्ने आन्तरिक छलफल तीव्र बनेको बताइन्छ। उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेलसहित केही शीर्ष नेताहरू नै नेतृत्व पुनर्संरचनाबारे छलफलमा संलग्न रहेको स्रोतको दाबी छ।

यद्यपि पार्टीले औपचारिक रूपमा यस विषयमा कुनै निर्णय सार्वजनिक गरेको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077