Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस आधिकारिकता विवाद : आज पनि निरन्तर सुनुवाइ, आदेश आउने सम्भावना

कांग्रेस आधिकारिकता विवाद : आज पनि निरन्तर सुनुवाइ, आदेश आउने सम्भावना

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा आज निरन्तर सुनुवाइ हुँदैछ ।

शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भए पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

रिट निवेदक पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोग को निर्णयविरुद्ध रिट दायर गरेका हुन्।

यसैबीच मुद्दा विचाराधीनकै अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै खड्काले पूरक निवेदन समेत दिएका छन्, जसले विवादलाई थप जटिल बनाएको छ।

देउवा पक्ष र आयोगका तर्फबाट सरकारी वकिलको बहस सकिइसकेको छ भने शुक्रबार विपक्षी बनाइएका सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा का तर्फबाट प्रतिरक्षा बहस हुनेछ।

त्यसपछि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस सकाएपछि सम्भवतः आजै आदेश आउने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077